क्रिकेट

एकदिवसीय शृंखला : वेस्ट इन्डिजविरुद्ध भारतको सहज जित

By खबरहब

February 07, 2022

काठमाडौं – भारतले वेस्ट इन्डिजलाई एकदिवसीय क्रिकेट खेलमा ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ।

अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ। घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ।

१७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे। भारतका कप्तान रोहित शर्माले सर्वाधिक ६० रन बनाए। सूर्यकुमार यादवले ३४, इशान किशनले २८ र दीपक होडाले २६ रनको योगदान गरे।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा सबै विकेट गुमाउदै १७६ रनमा समेटियो।

वेस्ट इन्डिजका जासन होल्डरले सर्बाधिक ५७ रन बनाए। फाबियन एलनले २९ र निकोलस पुरन तथा ब्राभोले १८-१८ रनको योगदान गरे।

भारतका युजभेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिए। दोस्रो एकदिवसीय बुधबार हुनेछ।