समाचार

काठमाडौँका विद्यार्थीलाई आजदेखि फाइजरको दोस्रो डोज

By खबरहब

February 07, 2022

काठमाडौँ – काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले कोभिड-१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज आजदेखि लगाउन पाउने भएका छन् ।

पहिलो डोज लगाएको तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाउन पाउने भएका हुन्।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ ।

शनिवार बाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप लगाउन पाइनेछ ।