खेलकुद

युभेन्ट्सले हेलास भेरोनालाई हरायो   

By खबरहब

February 07, 2022

काठमाडौँ – इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २-० ले पराजित गरेको छ ।

जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक र डेनिस जाकारियाले १-१ गोल गरे ।

जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ ।

सिरी ए मा २३ खेलमा ५३ अंकसहित इन्टर मिलन शीर्ष स्थानमा छ ।