राजनीति

बाबुराम भट्टराई १२ दिन पछि कोरोनामुक्त

By खबरहब

February 07, 2022

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोनामुक्त भएका छन् ।

पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,’ उनले लेखेका छन् ।

अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार ।’