फाइल फोटो

आर्थिक

सुनको मूल्य एक सयले बढ्यो, चाँदीको कति?

By खबरहब

February 07, 2022

काठमाडौँ – साताको दोस्रो कारोबार दिन सोमबार आज नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ। शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।