मनोरञ्जन

गायक सन्तोष अधिकारीको ‘हिउँले ढाक्ने’ पप गीत सार्वजनिक (भिडियोसहित)

By खबरहब

February 07, 2022

काठमाडौँ – गायक सन्तोष अधिकारीको नयाँ गीत ‘हिउँले ढाक्ने’ सार्वजनिक गरिएको छ ।

शरद राज मैनाली र सुजित शाहीको संयुक्त संगित रहेको यो गीत अधिकारीकै रचना र स्वरमा सजिएको छ।

मनमोहक दृश्य समेटिएको यस गीतको म्युजिक भिडियोलाई रामकुमार केसीले छायाङ्कन गरेका हुन् ।

म्युजिक भिडियोमा अधिकारी स्वयम् र नायिका आशा भारतीको अभिनय रहेको छ।

म्युजिक भिडियोका रचनाकार र निर्देशक शरद राज मैनाली हुन् ।