अन्तर्राष्ट्रिय

मिसाइल परीक्षणका लागि उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत रकम जुटाउने गरेको राष्ट्रसंघको दाबी

By खबरहब

February 07, 2022

न्यूयोर्क–उत्तर कोरियाले आफनो मिसाइल परीक्षणका लागि क्रिप्टोकरेन्सीमार्फत रकम जुटाउने गरेको खुलासा भएको छ । सयुंक्त राष्ट्रसघंका अनुसार अर्बौँ डलर साइबर ह्याकिङमार्फत रकम जुटाउने गरेको पाइएको बीबीसीले जनाएको छ ।

सन् २०२० देखि २०२१ को अवधिमा कोरियाले ५० करोड अमेरिकी डलर डिजिटल सम्पत्ति चोरी गरेको एक अध्ययनले देखाएको युएनले जनाएको छ । मिसाइल परीक्षणका लागि सो रकम मुख्य स्रोत भएको सो स्रोतको दाबी छ । कोरियाले युरोप, अमेरिका, एसियाका देशहरुबाट डिजिटल रकम ह्याकिङ गर्ने गरेको पाइएको हो । कोरियाले गरिरहेको ह्याकिङ सम्बन्धी प्रतिवेदनको विवरण अनुसन्धान कर्ताले युएनलाई गत शुक्रबार बुझाइ सकेको बीबीसीले उल्लेख गरेको छ ।

गत वर्ष ४० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति जम्मा गरेको पनि बताइएको छ । युएनको प्रतिबन्धको बाबजुद पनि कोरियाले निरन्तर मिसाइल परीक्षण गर्दै आइरहेको छ ।