समाचार

काठमाडौँमा बालबालिकालाई दोश्रो डोजको खोप लगाउन सुरु

By खबरहब

February 07, 2022

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोश्रो डोज खोप लगाउन सुरु गरिएको छ ।

दोश्रो डोजको खोप कार्यक्रम फागुन ५ गतेसम्म चल्ने महानगरपालिकाले जनाएको छ ।

१२ वर्षदेखि १७ उमेर समूहका बालबालिकालाई मोर्डना खोप लगाइँदैछ ।

खोपका लागि महानगरभित्रका विद्यालयहरूलाई केन्द्र बनाइएको छ ।

वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरी तोकिएका खोप केन्द्रमा जान विद्यार्थीहरूलाई महानगरपालिकाले आग्रह गरेको छ ।