समाचार

बेलायतले २१ लाख डोज कोरोना खोप पठाउँदै, ८ लाख आइपुग्यो

By खबरहब

February 07, 2022

काठमाडौँ– बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौँ आइपुगेको छ ।

नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएकी हुन् ।

‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यीमध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटरमार्फत् भनेकी छन्, ‘खोपले काम गर्छ ।’

बाँकी खोपहरू केही दिनभित्रै काठमाडौँ आइपुग्ने जनाइएको छ ।

‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन् ।