समाचार

नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना, १३ जनाको मृत्यु

By खबरहब

February 07, 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ हजार १ सय ४६ जना निको भएका छन् ।

संक्रमितमध्ये हालसम्म ९ लाख १५ हजार ४८९ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ ।