समाचार

खोपको विवरण सार्वजनिक गर्न जिल्ला र स्थानीयलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

By खबरहब

February 07, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको अभिलेख सार्वजनिक गर्न विभिन्न जिल्ला तथा स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले खोपको विवरण सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय ९ स्थानीय तहलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।

यसअघि, मन्त्रालयले २१ माघसम्ममा सात वटै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहहरूलाई मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

अरुले विवरण पठाए पनि बाँकी जिल्ला तथा स्थानीय तहलाई विवरण पठाउन भनिएको हो ।