भारत / चीन / सार्क

स्पुतनिक लाइटलाई कोरोनाविरुद्ध प्रयोग गर्न भारतले दियो अनुमति

By खबरहब

February 07, 2022

काठमाडौँ– भारतले कोरोनाभाइरसविरुद्धको स्पुतनिक लाइटलाई प्रयोग गर्न अनुमति दिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले आपतकालीन अवस्थामा एक डोज लगाए पुग्ने स्पुतनिक लाइटलाई लगाउँन अनुमति दिएको हो । स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले रुसमा उत्पादन गरिको सो खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिएको ट्वीटमार्फत जानकारी दिए ।

सो खोप एक डोजमात्र लगाए पुग्ने रुसको दाबी छ । यो सगैँ भारतले कोरोनाविरुद्धको ९ वटा खोप अनुमोदन गरेको छ । जसमध्ये ३ वटा खोप त्यही उत्पादन गरिएको हो । अहिले सम्म १ करोड ७० लाख नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् ।

त्यहाँको ७६ प्रतिशत ज्येष्ठ नागरिकले कोरोनविरुद्धको खोप पाइसकेका छन् । ९९ प्रतिशत व्यक्तिले खोपको पहिलो मात्रा लगाएका छन् ।