समाचार

ब्राउन सुगरसहित दुईजना पक्राउ

By खबरहब

February 07, 2022

काठमाडौँ– काठमाडौँमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । उनीहरू सोमबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधारा बस्ने २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भिमदत्त नगरपालिका महेन्द्रनगर घर भई आकासेधारामै बस्ने २७ वर्षीय खगेस खत्री रहेका छन् ।

महानगरी प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनीहरूबाट ६ ग्राम ब्राउन सुगर बरामद् गरेको छ ।