फाइल तस्बिर

देश/प्रदेश

तीन हजारभन्दा बढी हवल्दारको एकैपटक सरुवा

By खबरहब

February 07, 2022

काठमाडौँ– नेपाल प्रहरीमा ३ हजारभन्दा बढी हवल्दारहरूको सरुवा भएको छ ।

प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरेको जनाएको छ ।

फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको सूचनामा जनाइएको छ ।