समाचार

चुरे संरक्षण समितिका पदाधिकारीहरूलाई सरकारले हटायो

By खबरहब

February 07, 2022

काठमाडौँ– सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका पदाधिकारीहरूलाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई बर्खास्त गरिदिएको हो ।

सरकारले समितिका अध्यक्ष डा. किरण पौडेल, सदस्यहरू कमला ओली शिवाकोटी, शशिकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्यलाई हटाएको छ । यसअघि, सरकारले उनीहरूसँग स्पष्टीकरण सोधेको थियो ।