फाइल फोटो

अन्तर्राष्ट्रिय

युक्रेनले आफूहरूका आवश्यकता पूरा गरेपछि मात्र आक्रमण रोकिन्छः पुटिन

By खबरहब

March 07, 2022

काठमाडौँ– रुसले युक्रेनमा आफ्नो सैन्य अभियान जारी राखेको छ ।

युक्रेनमा संकट बढ्दै गएको र युद्ध लम्बिए यसको असर अन्य देशहरूमा पनि पर्ने आशंकाका बीच विभिन्न मुलुकका राष्ट्राध्यक्षहरूले रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई युद्धविराम गर्न आग्रह गर्दै आएका छन् ।

यसैक्रममा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पनि यस्तो आग्रह गरेका छन् । अर्दोआनसँग फोनमा कुराकानी गर्दै रुसी राष्ट्रपति पुटिनले युक्रेनले रुससँग लड्न छाडि आफूहरूका आवश्यकता पूरा गरेपछि मात्र आक्रमण रोक्ने बताएका छन् ।