खेलकुद

सुरुवाती अग्रता तोड्दै इल्चेमाथि बार्सिलोनाको जित

By खबरहब

March 07, 2022

काठमाडौं। स्पेनिस ला लिगा अन्गर्तत गएराति भएको खेलमा इल्चेले लिएको अग्रता तोड्दै बार्सिलोना विजयी भएको छ। खेलमा पुनरागमन गर्दै बार्सिलोनाले इल्चेलाई २-१ ले पराजित गरेको हो।

पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६० औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा फर्काए

खेल बराबरी भएपछि तनावमा देखिएको इल्चेले खेलको ८४ औं मनेटमा अर्को गोल खाएको हो। बार्सिलोनाका लागि निर्णायक गोल मेम्फिस डीपले गरे।

खेलको ८८ औं मिनेटपछि इल्चे १० खेलाडीमा सीमिति भएको थियो। जाभियरले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा सीमित भएको हो।

आइतबार रातिको जितसँगै बार्सिलोनाले २६ खेलमा ४५ अंक जोडेको छ भने इल्चे ३२ अंकसहित १३ औं स्थानमा छ।