फाइल फोटो

राजनीति

माओवादी केन्द्रीय कमिटी बैठकमा आज यी विषयमा हुँदैछ छलफल

By खबरहब

March 07, 2022

काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दैछ ।

बिहान ११ बजे बानेश्वरस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने उनले बताए ।

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । गत शुक्रबारबाट सुरु भएको बैठक आइतबार बस्न सकेको थिएन ।

ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।