समाचार

अछाम साँफेबगरका गर्भवतीलाई घरमै कोसेली

By खबरहब

March 07, 2022

अछाम – साँफेबगर नगरपालिकाकामा ‘नगर उपप्रमुख कोसेली’ कार्यक्रम सञ्चालन गरिएको छ ।

उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरमै पुगेर गर्भवतीलाई कोसेली दिएकी छन् । १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो ।

उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र एक प्याकेट नुन दिइएको हो ।

गर्भवतीका लागि पोष्टिक आहार लिएर घर आँगनमै आपछि खुसी भएको साँफेबगर नगरपालिका-४ मष्टमाडौँकी सरिता भुलले बताइन् । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएको उनको भनाइ छ ।