सांकेतिक तस्बिर

समाचार

ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

By खबरहब

March 07, 2022

काठमाडौँ – कपिलवस्तुको वाणगंगा नगरपालिका–११ ओदारीमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय अनिल गाहा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार बेलुकी साढे ८ बजे भारतिय नम्बरको ट्रकले हिजो बेलुकी टेम्पोलाई ठक्कर दिएको हो ।

ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ ।