राजनीति

कांग्रेस सप्तरीको निर्वाचन मंगलबार हुने

By खबरहब

March 07, 2022

सप्तरी-  नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने भएको छ ।

 निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ । शनिबार विवादबीच स्थगित भएको उक्त निर्वाचन मङ्गलबार गरिने कांग्रेसले जनाएको छ ।

यसअघि निर्वाचन समितिले निर्वाचनस्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि स्थगित भएको थियो ।

 पटक–पटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखि हुने भनिएकोमा १० बजेदेखि मात्र सुरु भएको थियो । रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचनस्थलमा व्यवस्थापनबारे विवाद उत्पन्न भएको थियो ।

नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।