सांकेतिक तस्बिर

अपराध

बाँकेमा अवैध लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ

By खबरहब

March 07, 2022

बाँके- खजुरा गाउँपालिका–१ बहादुरपुरबाट करिब ९० ग्राम अवैध लागू औषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका–१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भन्ने रबिन्द्र थापा, सोही गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिस थापा र नेपालगंज उपमहानगरपालिका–१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेका छन् ।

उनीहरुको साथबाट म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी राधापुर र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।