तस्वीर- युक्रेइन्फोर्म

अन्तर्राष्ट्रिय

रुसी आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती के भन्छिन् ?

By खबरहब

March 07, 2022

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले रुसी फौजले युक्रेनमा बालबालिकाहरूमाथि जानाजान आक्रमण गरिरहेको आरोप लगाएकी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्देश जारी गर्दै जेलेन्स्काले गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता रुसी फौजले युक्रेनमा बालबालिकामाथि आक्रमण गरिरहेको आरोप लगाएकी हुन् ।

उनले नेटो आबद्ध मुलुकहरुलाई युक्रेनी आकाशमा रुसी वायु सेनाविरुद्ध ‘नो फ्लाई जोन’ घोषणा गर्न समेत आह्वान गरिन् ।

उनले लेखेकी छिन्, ‘युक्रेनमा रुसी अधिनस्थ फौजले युक्रेनी बालबालिकाहरुको हत्या गरिरहेका छन् । जानाजान र एकोहोरो शैलीमा ।’

‘मैले यो भन्नै पर्छ । युक्रेनमा अहिलेसम्म ३८ बालबालिकाको ज्यान गइसकेको छ । हाम्रा शान्तिप्रिय शहरहरुमा जारी गोलाबारीका कारण यो सङ्ख्या बढिरहेको छ ।’ उनले लेखेकी छिन् ।