समाचार

सिंहदरबारभित्र सेनाको चण्डीदल गणका लागि भवन निर्माण हुने

By खबरहब

March 07, 2022

काठमाडौँ- सिंहदरबारभित्र सेनाको चण्डीदल गणका लागि भवन निर्माण हुने भएको छ ।

सोमबार सिंहदरबारमा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भवनको शिलान्याश गरेकी हुन् ।

भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको शहरी विकास भवन निर्माण विभागले जनाएको छ । कार्यक्रममा मन्त्री झाँक्रीले तोकिएको समयभित्र भवन निर्माण हुने विश्वास व्यक्त गरिन्।

सेनाका लागि अर्को भवन निर्माण गर्ने कामलाई पनि सुरु गर्ने उनको भनाइ छ । उनले भवन निर्माणमा ढिलाइ भए कार्यक्षमतामाथि नै प्रश्न उठ्ने भएकाले जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिइन् ।

 

उक्त भवन दुई वर्षभित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।