तस्वीर- मार्का

अन्तर्राष्ट्रिय

रुसको सरकारी टीभी ह्याक

By खबरहब

March 07, 2022

काठमाडौं- ह्याकरहरूको समूह अनोनिमसले रुसको सरकारी टेलिभिजन ह्याक गरेको दाबी गरेको छ । ट्वीट गर्दै उक्त ह्याकर समूहले टीभी प्रसारणको बेला ह्याक गरेर युक्रेनमा जारी युद्धको दृश्य देखाइएको दाबी गरेको हो ।

रसा ट्वेन्टीफोर, च्यानल वन र मस्को ट्वेन्टीफोर सहितका च्यानल तथा रुसी स्ट्रमीङ सेवा विन्क र इभीमा ह्याक गरेको अनोनिमसको दाबी छ । यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

अर्को पोस्टमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘अनोनिमस अभियान’ सञ्चालन गरिएको दाबी गरिएको छ।

‘हामी विश्वका लागि सकारात्मक परिवर्तन गर्न सक्छौँ। त्यो नै सधैँको योजना हो।’ अनोनिमसको ट्वीटमा लेखिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेयता अनोनिमसले रुसी साइबर पूर्वाधारहरुलाई लक्षित गरी साइबर आक्रमणहरु गर्दै आएको छ ।