तस्वीर- नेशन्स वर्ल्ड न्यूज

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले रुससँग बैंकिङ कारोबार बन्द गर्ने

By खबरहब

March 07, 2022

काठमाडौं– दक्षिण कोरियाले रुसको केन्द्रीय बैंकसँग बैंकिङ कारोबार बन्द गर्ने घोषणा गरेको छ । दक्षिण कोरियाको अर्थ मन्त्रालयले मंगलबारबाट लागू हुनेगरी रुसको केन्द्रीय बैंकसँग कारोबार नगर्ने घोषणा गरेको हो ।

यससँगै रुसले दक्षिण कोरियाली मुद्रा ‘वन’ मा रहेको रुसी सम्पत्ति रोक्का गर्ने र रुसी केन्द्रीय बैंकसँग कारोबार बन्द गर्ने घोषणा गरेको रोयटर्सले जनाएको छ । यसअघि अमेरिका र युरोपेली युनियन इयूले पनि रुसविरुद्ध यस्तै आर्थिक प्रतिबन्धहरुको घोषणा गरेका थिए ।

यसबाहेक दक्षिण कोरियाले रुसको महत्वपूर्ण सार्वभौम सम्पत्ति कोष, ‘रुसी महासङ्घको राष्ट्रिय सम्पत्ति कोष’ र रुसको प्रत्यक्ष लगानी कोष एवम् रोशिया बैंकसँग कुनै पनि दक्षिण कोरियाली कम्पनीले कारोबार गर्न नपाउने व्यवस्था लागू गरेको जनाइएको छ ।

पश्चिमी छिमेकी मुलुक युक्रेनमाथि सैनिक आक्रमण थालेयता रुसमा पश्चिमा मुलुकहरुसहित विश्वभरबाट आर्थिक प्रतिबन्धहरु लाग्दै आएका छन् ।