तस्वीर- हिन्दुस्तान टाइम्स

अन्तर्राष्ट्रिय

भारतद्वारा युक्रेनबाट आफ्ना नागरिक उद्धारको काम जारी

By खबरहब

March 07, 2022

काठमाडौं– भारतले युक्रेनमा फसेका आफ्ना नागरिकको उद्धार कार्यलाई जारी राखेको छ । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न भारतले शुरु गरेको अपरेशन गङ्गा अन्तर्गत भारतीय वायुसेनाका पहिलो ४ विमानले ७९८ भारतीयको उद्धार गरेकाे हाे ।

भारतीय वायुसेनाले रोमानिया, हंगेरी र पोल्यान्डको आकाश प्रयोग गरी उनीहरूको उद्धार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्विटरमार्फत् जानकारी दिँदै भारतीय वायुसेनाले ९.७ टनको राहत सामग्री समेत उपलब्ध गराएको जनाएको छ ।

‘रोमानिया, हंगेरी र पोल्यान्डका हवाई मैदानको प्रयोग गरी आइएएफका पहिला चार सी–१७ विमानले ७९८ भारतीय नागरिकको उद्धार गरेका छन् । तिनीहरूले ९.७ टनको राहत सामग्री पनि आपूर्ति गरेका छन् ।’ भारतीय वायुसेनाको ट्वीटमा उल्लेख छ ।

भारतका रक्षा राज्यमन्त्री अजय भटले स्वदेश फर्केका नागरिकहरुको स्वागत गरेको र उनीहरूसँग कुराकानी गरेको भारतको समाचार संस्था एएनआईले जनाएको छ ।