तस्वीर- द न्यूज ग्लोरी

अन्तर्राष्ट्रिय

युक्रेनमा कुख्यात रुसी युद्ध सरदारको हत्या

By खबरहब

March 07, 2022

काठमाडौं– रुसका एकजना कुख्यात युद्ध सरदार युक्रेनमा मारिएका छन् । रुस समर्थित नवनाजी ‘स्पर्टा बटालियन’ नामक लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको गोली हानी हत्या भएको जनाइएको छ ।

गत शनिबार पूर्वी युक्रेनको भोल्नोभ्का शहरमा उनको हत्या गरिएको हो । उनको मृत्यु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि ठूलो धक्का रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिम नपाएका सैनिकसँगै युद्धमा होमिएका कारण रुसका उच्च सैनिक अधिकारीहरु हताहतीको जोखिममा अष्ट्रेलियाको न्यूज डट कम डट एयूले जनाएको छ ।

युक्रेनमा मारिने उनी दोश्रो वरिष्ठ सैनिक अधिकारी हुन् । यसअघि युक्रेनमा रुसी फौजका एकजना मेजर जनरलको मृत्यु भइसकेको छ ।

युद्धबाट हालसम्म अपेक्षाअनुसार परिणाम नआएका कारण युक्रेनमा आक्रमण गरिरहेको रुसी फौजको मनोबल कमजोर हुन थालेको विश्लेषकहरू बताउँछन् ।