मुख्य समाचार

थप ८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

By खबरहब

March 07, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ पीसीआर परीक्षणमा ६६ जना र दुई हजार ४९३ एन्टिजेन परीक्षणमा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ।