अपराध

हुण्डी कारोबारमा संलग्न दुई जना डेढ करोडसहित पक्राउ

By खबरहब

March 07, 2022

काठमाडौँ– काठमाडौँमा हुण्डी कारोबारामा संलग्न दुई जना डेढ करोडभन्दा बढी रुपैयाँसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगालका अमितकुमार अग्रवाल र काठमाडौँ कीर्तिपुर–३ का बिक्की खड्गी रहेका छन् ।

अग्रवालले ताहाचलमा बिमला इन्टरनेशनल प्रा.लि. सञ्चालन गरी नक्क्ली गरगहनाको होलसेल गर्दै आएका छन् । अग्रवाललाई राजस्व छली गैरकानुनी रूपमा हुण्डीमार्फत् वित्तीय कारोबार गर्दै आएको सूचना आधारमा प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, खड्गी अग्रवालका सहयोगी रहेका छन् । अग्रवालका साथबाट एक करोड पचाल लाख र खड्गीबाट २४ हजारको चेक बरामद् भएको छ । प्रहरीले दुई थान ल्यापटप र एक थान मोबाइल पनि बरामद् गरेको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।