समाचार

खोटाङमा काेराेना सक्रिय संक्रमित ६ जना मात्र

By खबरहब

March 07, 2022

खोटाङ- खोटाङमा कोभिड–१९ बाट सक्रिय संक्रमितको संख्या ६ मा झरेको छ ।

आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार र सोमबार सक्रिय संक्रमितको संख्यास्थिर रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

आठ संक्रमितमध्ये दुई जना निको भएसँगै ६ जनामात्र सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए ।

सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।