फाइल फोटो

समाचार

सार्वजनिक बिदामा समेत ट्रायल सुरु गर्न मन्त्री दाहालको निर्देशन

By खबरहब

March 07, 2022

काठमाडौँ- बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सार्वजनिक बिदाको दिनमा समेत सवारी साधानको ट्रयाल सुरु गर्न निर्देशन दिएका छन् । 

यातायात व्यवस्था कार्यालय सवारी चालक  अनुमतिपत्र वागमती एकान्तकुना ललितपुरको बारेमा गुनासो आएपछि सोमबार स्थलगत अनुगमन र कर्मचारीसंग छलफल गर्दै मन्त्री दाहालले जनताका गुनासो धेरै आएको भन्दै बिदामा समेत ट्रायल सुरु गर्न निर्देशन दिएका हुन् ।

 आफु यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउँ दै उनले आफुहरु आएर निर्देशन दिदाँ समेत सुधार नआएपछि मिडिया र जनताहरुको गुनासोलाई अन द स्पोट कर्मचारीहरुसँग स्पष्टीकरण र कारबाही सुरु गरेको बताए।

 त्यस्तै कर्मचारी बाहेकका व्यक्तिहरु कार्यालय भित्र प्रवेश गरेर चलखेल गरेको विषयमा पनि स्पष्टीकरण सोधेको जानकारी दिए । सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायातको समस्या हल गर्न डिजिटल प्रणालीलाई थप प्रभावकारी बनाइने बताए।