सांकेतिक तस्बिर

समाचार

कैलालीमा ट्रकको ठक्करले एक किशोरीको मृत्यु

By खबरहब

March 07, 2022

कैलाली– कैलालीको धनगढी–अत्तरिया सडकखण्डमा ट्रकको ठक्कले एक किशोरीको मृत्यु भएको छ ।

सोमबार विद्यालयबाट घर फर्कदै गर्दा धनगढी–१३ की १६ वर्षीया सरस्वती कुँवरलाई ट्रकले ठक्कर दिएको हो ।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङ प्वाइन्टमै ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

बा.२ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

प्रहरीले गोदावरी नगरपालिका–४ का चालक गणेश लामालाई नियन्त्रणमा लिएको छ ।