फाइल फोटो

समाचार

परराष्ट्रमन्त्री डा. खड्का भोलि टर्की जाने

By खबरहब

March 07, 2022

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलबार टर्की जाने भएका छन् ।

टर्कीको विदेश मन्त्रालयले यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

‘विज्ञहरूको भेलामा सहभागी हुन भोलि टर्की जाँदैछु,’ परराष्ट्रमन्त्री डा. खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

टर्की भ्रमणका बेला त्यहाँका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि उनले जनाए ।

फोरममा थुप्रै देशका विदेशमन्त्रीलाई निमन्त्रणा गरिएको छ । अन्य देशका विदेशमन्त्रीसँग पनि भेटघाट गर्ने उनले जनाए ।

टर्कीको विदेश मन्त्रालयले फोरममा सहभागी हुन युद्धरत रुस र युक्रेन दुवै देशका विदेशमन्त्रीलाई समेत निम्तो दिएको छ ।