समाचार

लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी

By खबरहब

March 07, 2022

काठमाडौँ- लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी भएको छ ।

खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर -२ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान समेत प्रभावित भएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली घटनास्थल पुगे पनि जङ्गल अनकण्टार भीरमा भएका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीका कारण १० हेक्टरभन्दा माथि जङ्गल क्षति भएको अनुमान गरिएको छ ।