क्रिकेट

आईपीएल : कोलकत्ता शीर्ष स्थानमा, मुम्बईले खाता खोल्न सकेन

By खबरहब

April 07, 2022

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडरर्स विजयी भएको छ।

कोलकत्ताले पुनेमा बुधबार राति भएको खेलमा मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको हो। यो जितसँगै कोलकत्ता आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ।

सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो।

कोलकत्ताको जितमा पाट कुमिन्स ५६ र भेन्काटेस आयरले ५० रन बनाए। मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले दुईदुई विकेट लिए।

पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो।

मुम्बईका लागि सूर्यकुमार यादवले ५२ र तिलकवर्माले अविजित ३८ रन जोडे। कोलकत्ताका पाट कुमिन्सले दुई, उमेश यादव र वरुण चक्रवर्तीले एकएक विकेट लिए।

मुम्बईले अंक जोड्न सकेको छैन भने शीर्ष स्थानको कलकत्ताले चार खेलमा ६ अंक बनाएको छ।