अन्तर्राष्ट्रिय

युक्रेनी नागरिकमाथि क्रुर बन्दै रुसी सेना

By मनोज घिमिरे

April 07, 2022

मार्च १७, बिहान ११ बजे युरी नाचेपारेन्को र उनका बाबु रस्लान साइकल चढेर बुचाको प्रशासनिक भवनतर्फ जाँदै थिए। रुसी सेना राजधानी किभ प्रस्थान गर्ने क्रममै बुचाका क्षेत्र ग्यास पानी र बिजुलीको सुविधाबाट बञ्चित थिए। भवनमा राहत बाँड्ने कार्यक्रम चलिराखेको थियो।

युरी र उनका बाबु केही औषधिको आसमा त्यहाँ पुगेका थिए। युरिकै अनुसार उनका बाबुछोरालाई तारा सिभ्सका सेन्टका रुसी सेनाले रोके। उनीहरूले पनि तत्कालै हात उठाए। १४ वर्षे ती किशोरकै अनुसार उनीहरूले आफूहरूसँग हतियार नभएको तथा रुसी सेनाको विरुद्धमा कुनै काम नगरेको बताए।‘यसपछि मेरा बाबु जब म तीर फर्कनु भयो।त्यसै समयमा गोली पड्कियो। दुई पटक उहाँको छातीमा गोली प्रहार गरियो। त्यसपछि मुटुमै ताकेर प्रहार गरियो।’

बाबुछोरालाई तारा सिभ्सका सेन्टका रुसी सेनाले रोके। उनीहरूले पनि तत्कालै हात उठाए। १४ वर्षे ती किशोरकै अनुसार उनीहरूले आफूहरूसँग हतियार नभएको तथा रुसी सेनाको विरुद्धमा कुनै काम नगरेको बताए।

ती बालकले जनाए अनुसार उनी पनि बायाँ हातमा गोली प्रहार भएकाले त्यही ढलेका थिए। ‘म पेट समाएर बसेको थिएँ, यस पछि के भयो मलाई थाहा छैन’, उनले थपे। युरीले सेनाले उनको टाउकोमा लक्षित गर्दै गोली चलाए पनि गोली टाउको भन्दा माथिबाट गएकाले आफू बचेको बताएका छन्।

यसपछि सेनाले युरीका बाबुको टाउकोमा फेरि गोली प्रहार गरेका थिए। यस अगाडि नै उनको निधन भइसकेको थियो। ‘मलाई आक्रमणपछि केही दुखेको थियो। केही चोटपटक लागेको थियो। मेरो हातबाट रगत बगि रहेकै थियो,’ युरीले दुखेसो व्यक्त गरे। ती सेनाहरू ट्याङ्कमा पुगेपछि युरी जुरुक्क उठेर भागेका थिए।

सेनाले युरीका बाबुको टाउकोमा फेरि गोली प्रहार गरेका थिए। यस अगाडि नै उनको निधन भइसकेको थियो।

रुसी सेनाले बुचा र किभको उत्तरी भाग कब्जा गरेपछि थुप्रै अमानवीय आक्रमण भएका छन्। धेरै सर्वसाधारणको अनाहकमा ज्यान गएको छ। बुचामा मात्रै सडकमा फ्याँकिएका शवहरू छरपस्ट भएको दृश्य देख्न सकिन्छ। सयौँ घाइते भएका छन्। धेरैको उपचार भइरहेको छ। कतिपयलाई बाँधेर गोली प्रहार गरिएको छ भने कतिपयलाई ट्याङ्कले किचेर पनि मारिएको छ।

रस्लान मारिएको भन्दा २ किलोमिटर पर याबलोन्सका सेन्टको सडकमा थुप्रै लासहरू देखिएका छन्। युरिकै आमा आला छोराले घटनाको विवरण सुनाएपछि त्यहाँ पुगेकी थिइन्। उनी छोराले गलत बुझेको हुनसक्ने तथा श्रीमान् घाइते मात्र भएको ठहर गर्दै उपचार गराउने सोचका साथ त्यहाँ पुगेकी थिइन्। छोरा भने रुँदै आफूलाई पनि मार्न खोजेको तथा भागेर ज्यान जोगाएको कुरा आमालाई सुनाउँदै थिए।

बुचामा मात्रै सडकमा फ्याँकिएका शवहरू छरपस्ट भएको दृश्य देख्न सकिन्छ। सयौँ घाइते भएका छन्। धेरैको उपचार भइरहेको छ। कतिपयलाई बाँधेर गोली प्रहार गरिएको छ भने कतिपयलाई ट्याङ्कले किचेर पनि मारिएको छ।

जब उनी सडकतर्फ जान खोजीरहेकी थिइन्, उनका छिमेकीले रुसी पकडमा रहेको क्षेत्रमा जसलाई देखे पनि मारिरहेकाले त्यहाँ जान रोक लगाएका थिए। त्यसको एक दिनपछि अलाले आफ्नी आमासँग सबै कुरा भनेकी थिइन्। आमा गएर रुसी सेनासँग कुरा गरेपछि उनीहरू शव लिएर त्यहाँ आउन सफल भएका थिए।

अलाले नै आधा ढाकिएको आफ्नो श्रीमानको फोटो उपलब्ध गराएपछि सञ्चार माध्यमको ध्यान त्यस घटनासम्म पुगेको थियो। छातीको बायाँ भागमा मुटुको छेवैमा गोली लागेको प्रस्ट देखिएको थियो।

अलाकै अनुसार मारिएका रस्लान ४९ वर्ष पुरा भएका थिए। उनी समुदायमा एकदम सक्रिय थिए। ‘उनी त्यत्तिकै आफ्नो निवासमा बस्न सक्दैन थिए। सक्रिय भइरहने तथा सबैलाई सहयोग गर्ने उनको आदत थियो । यस कारण स्वयंसेवा गर्ने र अरूलाई सहयोग गर्ने काममा आफूलाई बढी सक्रिय राख्थे’, अलाले आफ्नो श्रीमानको बारेमा भनिन्। परिवार बस्ने घर अगाडिकै बगैँचामा उनको अन्तिम संस्कार गरिएको छ।

छोराले गलत बुझेको हुनसक्ने तथा श्रीमान् घाइते मात्र भएको ठहर गर्दै उपचार गराउने सोचका साथ त्यहाँ पुगेकी थिइन्। छोरा भने रुँदै आफूलाई पनि मार्न खोजेको तथा भागेर ज्यान जोगाएको कुरा आमालाई सुनाउँदै थिए।

युरीलाई धेरै कुराको याद छैन। धेरै कुरा बुझ्ने उनको उमेर पनि भएको छैन। उनलाई आफ्नो बाबुलाई मार्ने रसियन भएको भन्ने कुरा भने राम्रोसँग थाहा छ। ‘उसको लुगा गाढा हरियो थियो’, उनले भनेका छन्, ‘टिपिकल रुसी सेना। त्यस व्यक्तिले लगाएको ज्याकेटमा रसिया इन रसिया लेखिएको थियो। हामी सेतो ड्रेस लगाएर हिँड्नेलाई डर नहुनु पर्ने हो। हामी सेना पनि होइनौ। तर, पनि यो ज्यादती भयो।’

रुसी सेनाको ज्यादती त्यत्तिमा रोकिएको छैन। त्यो गाउँकी प्रमुखका साथै उनका श्रीमान् र छोराको पनि रुसी सेनाले ज्यान लिएको छ। बुचामा पछिल्लो दिन मारिने सर्वसाधारणको सूचीमा एकै परिवारका यी तीन जना पनि थपिएका छन्।

बुच्चामा एउटा चिल्ड्रेन्स कम्युनिटी सेन्टर छ। त्यहाँ एकै पटक पाँच वटा लास यसै साताको सुरुवातमा देखिएको थियो। मृतक पाँचै जनाले सामान्य नागरिकले झैँ लुगा लगाएका थिए। यी सबैको हात पछाडि लगेर बाँधिएका थिए। ‘हामीले त्यहाँ गोली पड्किएको सुनेका थियौं’, त्यहाँको बेसमेन्टमा स्वयंसेवा गरेर बसेका भ्लाडले भने। त्यही सहरमा खानी पनि छ। संयोगवश भ्लाड लगायतका व्यक्ति भने खानीमा लुकेर बाँचेका थिए।

गाउँकी प्रमुखका साथै उनका श्रीमान् र छोराको पनि रुसी सेनाले ज्यान लिएको छ। बुचामा पछिल्लो दिन मारिने सर्वसाधारणको सूचीमा एकै परिवारका यी तीन जना पनि थपिएका छन्।

भ्लाडकै अनुसार मारिएका श्रीमान् श्रीमती आत्तिएर चिच्याएको सुनेर बाहिर निस्केका थिए। त्यहीबेला दुवैलाई गोली प्रहार गरिएको थियो। ‘म तपाईंलाई यस्तै दर्दनाक अनेकन् कथा भन्न सक्छु’, भ्लाडले थपे, ‘तर, भन्न चाहन्न। म ती सबै बिर्सन चाहन्छु।’ मोटोझ्युलनको गाउँ नजिकै चार वटा शव फेला परेका थिए। यसमा ५१ वर्षीया ओला सुखेन्को, उनका श्रीमान् आइगोर र छोरा २५ वर्षीय अलेक्जेन्डर छन्।

गाउँकी प्रमुख ओलालाई युक्रेनी सेनालाई सहयोग गरेको आशङ्कामा मारिएको हो। सोमबार युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्सकीले बुचाको भ्रमण गरे। ‘हामी संसारलाई देखाउन चाहन्छौं की यहाँ के भएको छ। शान्त यक्रुेनमा रुसी सेनाले के गरेका छन् ? यी सर्वसाधारणको अवस्था संसारले जान्न जरुरी छ’, राष्ट्रपति भोलोडोमिरले भनेका छन्।उनले युक्रेन अझै रुससँग वार्ता गर्न तयार रहेको बताएका छन्, ‘हामी शान्ति चाहन्छौं। हाम्रा सेना लिडरहेका छन्। तर, हामी लाखौँको ज्यान गएको हेर्न चाहदैनौं।’

‘हामी संसारलाई देखाउन चाहन्छौं की यहाँ के भएको छ। शान्त यक्रुेनमा रुसी सेनाले के गरेका छन् ? यी सर्वसाधारणको अवस्था संसारले जान्न जरुरी छ’, राष्ट्रपति भोलोडोमिरले भनेका छन्।

चिहान घरले थेग्न नसकेपछि थप स्थानको व्यवस्था भएको छ। एउटा शव गाड्न खाडल खन्दा अर्कोसमेत देखिन थालेका छन्। मारिएका सर्वसाधारणको हात पछाडि बाँधिएका धेरै दृश्य सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखिएका छन्।

सोमबारदेखि यो क्रम अझ बढेको हो। सोमबार नै मेयर एनाटोली फेडरुकले तीन सयजना सर्वसाधारण मारिएको बताएका थिए। तर, यसको औपचारिक तथ्याङ्क देखिएको छैन। रुसले भने त्यस भिडियोलाई फेक भनेको छ।

चिहान घरले थेग्न नसकेपछि थप स्थानको व्यवस्था भएको छ। एउटा शव गाड्न खाडल खन्दा अर्कोसमेत देखिन थालेका छन्। मारिएका सर्वसाधारणको हात पछाडि बाँधिएका धेरै दृश्य सामाजिक सञ्जालमा देखिएका छन्।

बुचा एउटा मात्र ठाउँ हो। त्यहाँका केही दृश्य सामाजिक सञ्जालमा देखिएका छन्। ती हरेक दृश्य अत्यन्त पीडादायी छन्। युक्रेनका धेरै सहरहरू अहिले रुसको कब्जामा परेका छन्। अन्य सहरको अवस्था पनि यस्तै हुनसक्छ। यो युद्ध सुरु भएको एक महिना भन्दा बढी भइ सकेको छ। अहिलेसम्म वार्ताको कुनै सकारात्मक पहल भएको छैन।

बुधबारसम्म कम्तीमा २४ हजार जनाको ज्यान गएको अनुमान गरिएको छ। लाखौँ घाइते भएका छन्। यसका साथै, लाखौँ जना विस्थापित भएका छन्। यी सबै त्रासदीबीच रुसी सेनाले अमानवीय आक्रमण जारी राखेको छ। उनीहरू अहिले अस्वाभाविक रूपले क्रुर बनेका छन्। एजेन्सीको सहयोगमा