पछिल्लो समय पश्चिम नेपालको पर्यटन विकासका लागि एकपछि अर्को गतिविधि हुँदै गएका छन् । हालै नेपालगञ्जमा सम्पन्न वेष्टर्न ट्राभल मार्टले पश्चिम नेपालको पर्यटन चिनाउन विशेष काम गरेको छ । सुर्खेतमा पनि पर्यटकीय गतिविधि भइरहेका छन् । कर्णाली र सुदूरपश्चिमको पर्यटकीय गतिविधि वृद्धि भइरहँदा यसका सुत्राधार नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल मानिन्छन् । सिग्देलसँग खबरहबका लागि यमुना रानाले गरेको कुराकानीको सम्पादित अंशः
‘वेस्टन ट्राभल मार्ट’ भर्खर सम्पन्न भएको छ । तपाईं लामो समयदेखि यस क्षेत्रमा आवद्ध हुनुहुन्छ, कस्तो रह्यो मार्ट ?
पश्चिम नेपालमा पहिलो पटक मार्ट गरिएको हो। हाम्रो लागि नै नयाँ अनुभव हो। यो पर्यटन मेला पनि हो। हामीले वृहद् किसिमबाट गर्न खाजेका थियौँ । कोभिडका कारण बनाउन सकिएन । मेला भ्रमण गर्न आउने सबैले एकदमै राम्रो प्रतिक्रिया दिनु भएको छ। विषेश गरी भारतबाट प्रर्यटन व्यवसायी, पत्रकारलाई हामीले मेलामा आमन्त्रित गरेका थियौँ। हामीले पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्मका प्रर्यटन व्यवसायीलाई निम्ताएका थियौँ। करिब ३०० को हाराहारीमा प्रर्यटन व्यवसायी आउनु भएको थियो। ट्राभल मार्टमा हामीले स्थानीय उत्पादनलार्ई अन्य बजारसम्म पुर्याउन राखेका हुन्छौँ र बाहिरबाट आउनेहरू पनि आफनो उत्पादन लिएर आउनुहुन्छ। यसलाई हामी बिजनेश टु बिजनेश भन्छौँ । मार्टमा भारतका लखनऊ, मन्द्रास, कानपुर, गुजरातलगाएतका ठाउका टुर अपरेटर आउनु भएको थियो। हामीले उहासगँ परिचय गयौँ । हामीले हाम्रो उत्पादन उहाहरूलार्ई दियौँ, उहाहरूले आफनो उत्पादन हामीलाई दिनुभयो । समग्रमा एकदमै राम्रो रह्यो।
तपाईहरूले ट्राभल मार्टको उद्घाटन गर्दा राउटे समुदायको मुखियालाई अतिथिको रूपमा राख्नु भएको थियो । यसबाट के सन्देश दिन खोज्नु भएको ? मैले राजनीतीलाई तिरस्कार गर्न खोजेको त होइन । तर राजनीतीज्ञहरूले कति कुरा बोल्छन्, तर कार्यन्वयमा हुदैनन् । हामीले राजनीतीज्ञबाट केही पाउन सकिएन । राउटे समुदाय जगंलमा बस्ने भए पनि उनीहरूलाई सम्मान दिनु पर्छ, राउटे समुदाय पनि पर्यटनको लागि आर्कषणको गन्तव्य हुन सक्छ भन्ने सोचेर अतिथि बनाएका हौँ ।
मार्टमा के–के राख्नु भएको थियो ? नेपालगन्जमा होटलले कस्तो सेवा सुविधा दिएको छ, क्यासिनोले कस्तो प्याकेज दिएको छ, नेपालगन्ज आएपछि हामी कुन–कुन जिल्लामा जान सकिन्छ ? लुम्बिनी, सुपा देउराली, स्वर्गद्धारी, बर्दिया राष्ट्रिय निकुन्ज, खप्तड को कुरा गरौँ । यो क्षेत्रको प्रर्यटकीय गन्तवय जहाँ छ त्यहा यस्ता होटलहरू छन् । त्यहाँ हामीले यो दरमा कोठा पाउन सक्छौँ । साथै प्राकृतिक, जैविक सुन्दरताका बारेमा अर्थायौँ। बर्दियामा जगंल सफारी पनि लिएर गयौँ। ¥याफटिङको सम्भावना पनि धेरै छ भनेर कुरा गर्यौँ । साथै कर्णाली र्याफटिङको लागि राम्रो ठाउ हो भनेर जानकारी पनि गरायौँ एक हप्ता÷दश दिनको लागि नेपालगन्ज आउनुभयो भने फुल प्याकेज दिन्छौँ।
छोटो समयमा नै पश्चिम नेपालको पर्यटन चिनाउने कार्यक्रम गर्न कति चुनौति भयो? मैले काम गर्नुलाई चुनौतिको रूपमा लिन्नँ । कुनै पनि काम सुरु नै नगरी चुनौति छ भन्दैमा नगरी त हुँदैन। यसलाई हामीले चुनौतिको रूपमा लिएनौँ । यो पर्यटन व्यवसायीहरूको अन्तर भेटघाट हो । सामीप्यता बढाउने हो । सबै मिलेर अगाडि बढाउनु पर्छ । एक पटक राम्रो भएन भने अर्को पटक राम्रो हुन्छ । यो हामीले सकेसम्म भव्य र सव्य कनाउन कोशिस ग¥यौँ ।
यस्ता कार्यक्रम गर्न कत्तिको सहज छ ? मेरो बुझाइमा पर्यटन भनेको हल्ला हो । जबसम्म हल्ला गर्नु हुन्न कसैले थाहा पाउँदैन। हामीले नेपालगन्ज यस्तो छ भनेर हल्ला गरिदिँदा मानिसहरू आएर हेरेर गए। हामीले कार्यक्रम गर्दै गर्दा झन्डै २०० हजार बुकिङ आएको छ । हामी रारा जान्छौँ । हामी खप्तड जान्छौँ । बर्दिया जान्छौँ भनेर धैरैले भन्नुभएको छ ।
नेपाल प्राकृतिक सुन्दर देश हो । यसमा पनि पश्चिम नेपाल अझै सुन्दर छ । काठमान्डौ बसेर हेर्दा त्यो ठाउहरूको बारेमा थाहा नभएको जस्तो देखिन्छ । तपाइले भने जस्तै हल्ला नपुगेको हो त ? नेपालमा पर्यटन के हो भन्ने कुरा राजनीतीज्ञले बुझनु पर्छ । जनप्रतिनिधीले बुझनु पर्छ । सरकारले पर्यटनलाई कुन स्थानमा राखेको छ ? कुन स्थानमा राख्नु पर्छ भन्ने थाहा पाउनु पर्छ। आज देशको कुन निकायले पर्यटनलाई माथी राखेको त ? पर्यटन उद्योग हो, व्यवसाय हो देशको विकासमा यसको महत्व के रहन्छ भनेर अघि बढ्नु पर्छ। काठमान्डौ बसेर बुझिन्न भनेर तपाईले भन्नु भयो । हो पनि, काठमान्डौ बसेका मान्छले भर्खर पश्चिम चिन्दैछन् । काठमान्डौमा के छ र ? देश घुम्नका लागि पश्चिम नेपाल जानैपर्छ । अहिलेको दुई वर्षमा देश पर्यटनमय भएको छ । यसको लागि पर्यटन मन्त्रालयलार्ई धन्यवाद दिन चाहान्छु। कृषि, पर्यटन र हाइड्रो देशका मुख्य उद्योग हुन् । कुनबाट राजस्व बढी आउछ भन्ने कुराको मुल्याङन गरेर सरकारले राखिदियो भने पर्यटन स्वतः १ नम्बरमा पुग्छ र रिजल्ट दिन्छ । राज्यले यसलाई मुख्य प्राथमिकतामा राख्नु पर्छ।
पश्चिम नेपाल घुम्न आउने पर्यटक आन्तरिक हुन्छन् कि बाह्य ? स्वभाविक रूपमा आफनो देशमा आन्तरिक पर्यटक नै बढी हुन्छन् । कोभिडले गर्दा बाहिर जाने अवस्था आयो । एकजना गयो अर्को गयो त्यसरी टोल समाजभरि भयो । अहिले रारा, बर्दिया, खप्तड जानेको संख्या बढी छ । विदेशी पर्यटक कोभिडले गर्दा आउन कम भयो। पर्यटकको मेरुडण्ड भनेकै आन्तरिक पर्यटक हो।
पश्चिम नेपालको अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार नपुगेको हो कि? एकदमै, प्रचार प्रसार कम भएको दोष नेपाल टुरिजम बोर्डलाई जान्छ । सरकारलाई जान्छ । घुम्न गइसकेपछि खान, बस्नको व्यवस्था हुनु प¥यो । सानो समूहमा जाँदा त बस्न, खान गाह्रो नहोला । तर ठूलो समूहमा जाँदा र अन्य देशबाट मानिस आउनुभयो भने खान बस्नको व्यवस्था भएन भने त अस्तव्यस्त हुन्छ। अहिले कर्णाली क्षेत्रमा यस्तो समस्या रहेको छ । राष्ट्रिय निकुन्जभित्र होटल निर्माण गरेर बस्न मिल्दैन। बाहिर टाढा पर्छ । घुम्न जाऊ भनेर मात्र हँुदैन, घुम्न गएकालाई राम्ररी स्वागत गर। मनोरम दृश्य त पश्चिमा छदैछ । साथै अझै हस्पिटालिटी थपियो भने पश्चिम नेपाललाई कसैले भेट्न सक्दैन।
तपाई लामो समय पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्छ । पर्यटनलाई बुझेको व्यक्ति पनि हो । अझै के पहल भयो भने यो क्षेत्रको विकास हुन सक्छ? यसमा अलि बढी अध्ययन गर्नुपर्छ। नेपालगन्जमा तारे होटलको संख्या पन्ध्र सोह्र वटा छन्। उहाहरूले होटलमात्र बनाउनु भयो। हामी ट्राभल व्यवसायीले ट्राभलमात्रै खोलियो। यसको परिपुरक के हो हामीले के गर्नु पथ्र्यो। हामीलाई ज्ञान छैन। यस किसिमको तालिम पनि पाएका छैनौँ। नेपालगन्जमा क्यासिनो खेल्न थुप्रै आउनुहुन्छ, उहाहरू आएपछि नजादासम्मको खाली समयमा रारा लगेर फर्काउन सक्थ्यौँ, फक्सुन्डो लगेर फर्काउन सक्थ्याँै, या बर्दिया लगेर फर्काउन सक्थ्यौँ भने उहाहरूलाई अझै बस्ने वातावरण बन्थ्यो। एक दिनमै लगेर फर्काउन सक्ने अवस्था छैन। जहाज जान सबै ठाउमा एयरर्पोट छैन। तर हेलिकोप्टर भयो भने गन्तव्यमा पुग्न सजिलो हुन्थ्यो। तर यस क्षेत्रमा लगानी कसले गर्ने? राष्ट्रिय निकुन्जभित्र पर्यटकीय धेरै सम्भावना छ । तर राष्ट्रिय निकुन्ज बाझिँएका छन् । रारा पुगेपछि मान्छे खान पाउदैन। बस्न पाउदैन । होटल खोल्न पाउने व्यवस्था हुनुप¥यो । तबमात्र पर्यटकको संख्या अझै वृद्धि हुन्छ ।
यसमा राज्यको दूरदृष्टि त देखिएन, तपाईको क्षेत्रबाट पनि पहल नपुगेको हो ? हामीहरूको क्षेत्रबाट नपुगेको भन्ने त होइन । तर पर्यटन कर्मीहरूलाई राज्यले कही पनि छुट दिएको छैन । पर्यटन क्रमीहरूले आफ्नो जीवनको कमाइ यो क्षेत्रमा लगाएका छन् । बढाउन नसक्नु छुट्टै कुरा होला। नसक्नुको पछाडिको कारण खोज्नु प¥यो । पश्चिम क्षेत्रको बारेमा सुन्ने÷बुझने बनाएको नै पर्यटन व्यवसायीले हो।
पश्चिम नेपालको धेरै युवाहरू भारतलगाएत तेस्रो मुलुकमा रोजगारीको लागि जाने गरेका छन् । उहाँहरूलाई के भन्नु हुन्छ? अर्कोका देशमा गएर भाडाँ माझ्दा कसैले देख्दैन, तर आफनो देशमा गर्दा लाज हुन्छ भन्ने प्रवृतिले गर्दा नै यस्तो अवस्था सिर्जना भएको हो । लाज हटाउनु पर्छ । पर्यटन क्षेत्रमा काम गर्ने मान्छेहरूलाई तयार गनुपर्छ। तालिम दिनु पर्छ। होटल तथा पर्यटन प्रतिष्ठान (नाथम) विस्तारै पश्चिम क्षेत्रमा पनि पुगेको छ । यसले विभिन्न काम गर्ला। उच्च शिक्षा नभएर हो कि ठूला होटलमा भारतकै मान्छे काम गरेको देखिन्छ। नेपाली किन हुन सक्दैन ? यसको खोजी गर्नुपर्छ । यहाँको युवाको कुरा गर्दा रारामा एउटा होटल छ । कतिजना युवा लिने त ? हामीले त्यस किसिमको पुर्वाधार बनाएका नै छैनौँ । उनीहरूले आफै पनि लगानी गर्न सक्छन्। लगानी थप्याँै भने रोजगारीको अवसर पनि धैरै सिर्जना हुन्छ र धेरै युवाहरू पर्यटनमा खपत हुन्छन्।
पश्चिम नेपालको पर्यटनलाईअगाडि बढाउन कस्तो योजना बनाउदै हुनुहुन्छ? योजनाहरू थुप्रै छन्। करिब दुई वर्षअगाडि टुर दि ठाकुरद्धारा भनेर देशभरीबाट ४४ जिल्लाका साइकलिष्ट, भारतका केही साइकलिष्ट त्यहा पुर्याएका थियाँै। यसले ठाकुरद्धाराको मुहार फेरिदियो। पर्यटन क्षेत्रको मेनपावर बढाउनका लागि सरकारी स्तरको अध्ययन प्रतिष्ठान पुगेको छ। यसले एकेडेमिक कक्षा सन्चालन गर्छ। अध्ययन र अध्यापन गराउछ। यो हाम्रै पहलमा त्यहा पुगेको हो। नेपालगन्जबाट पोखरा उडान हुँदैन थियो। नाट्टाकै पहलमा हामीले सुरु ग¥यौँ। अहिले अन्तरप्रदेश उडान सुरु भएको छ। राज्यले सहयोग गरे र स्थानीयले सहयोग गरे धैरै विकास गर्न सकिन्छ ।
अन्तिममा, नाट्टा बाँके च्याप्टरको अध्यक्षमा फेरि सर्वसम्मत निर्वाचित बन्नुभयो, अब के गर्ने योजना छ ? हामीले गएको दुई वर्षमा जति काम गरेका थियौँ, त्यसले पश्चिम नेपालको पर्यटन विकासमा ठूलो प्रभाव पारेको छ । पश्चिम भनेको चितवन, बुटवल, पोखराको मात्रै पर्यटन हो भन्ने भ्रम चिरेका छौँ । अब नेपालगञ्ज, कर्णाली र सुदूरपश्चिमदेखि खप्तडसम्मको पर्यटन चम्किने गरि काम गरिरहेका छौँ । यसमा केही फरक योजना राखेर काम गर्ने सोचिराखेका छौँ । भारतीय पर्यटकको केही हिस्सा मात्रै ल्याउँदा पनि कर्णालीको पर्यटनमा कायापलट हुन्छ, हामी त्यो प्रयास गर्नेछौँ । योजनाको सुरुवात वेष्टर्न ट्राभल मार्टबाट गरिसकेका छौँ । त्यसलाई निरन्तरता दिँदै कर्णाली र सुदूरपश्चिमको पर्यटनको विकास गर्नेछौँ ।