फाइल फोटो

मुख्य समाचार

गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त, आजै सपथ

By खबरहब

April 07, 2022

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद् गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् ।

मन्त्रीमा नियुक्त गरिएका बन्दीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने बुझिएको छ ।

प्रधानमन्त्री देउवाले गैरसांसद्लाई मन्त्री बनाएका हुन् ।

बन्दी गैरसांसद् रहेकाले उनले ६ महिनाभित्र संघीय संसदको सदस्य बनिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा अधिवक्ता बन्दीले विपक्षमा बहस गरेका थिए ।

उनले एमसीसी पारित गर्न पनि भूमिका निर्वाह गरेका थिए । बन्दीलगायतको प्रयासमा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारिएको थियो ।

बन्दी अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार कानुनका ज्ञाता हुन् । उनी नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्षसमेत हुन् ।