ब्रेकिङ स्टोरी

नवनियुक्त मन्त्री गोविन्द बन्दीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

By खबरहब

April 07, 2022

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (शर्मा कोइराला) ले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराइएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो । प्रधानमन्त्री देउवाको सिफारिसमा आज कोइराला मन्त्रीमा नियुक्त भएका हुन्।