तस्वीर- विकिमिडिया कमन्स

अन्तर्राष्ट्रिय

‘हामीलाई तीन चिज चाहिएको छ– हतियार, हतियार अनि हतियार’

By खबरहब

April 07, 2022

काठमाडौं– रुसी आक्रमणविरुद्ध लड्न आफूहरुलाई हतियार चाहिएको युक्रेनी विदेशमन्त्रीले जनाएका छन् ।

उत्तर एटलाण्टिक सन्धी संगठन नेटोका विदेशमन्त्रीहरुको बैठकअघि युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफूहरुलाई हतियार चाहिएको बताएका हुन् । ‘मेरो एजेण्डा सामान्य छ, हामीलाई तीनवटा चिज मात्र चाहिएको छ– हतियार, हतियार, हतियार’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘जति धेरै र जति चाँडै युक्रेनमा हतियारहरु आइपुग्छन्, त्यति नै धेरै मानिसको जीवन बचाउन सकिन्छ, त्यति नै धेरै शहर र गाउँहरु ध्वस्त हुँदैनन् ।’ उनले भने, ‘मेरो विचारमा युक्रेनीहरुको प्रस्ताव स्पष्ट छ : हामीलाई हतियार दिनुहोस्, हामी हाम्रो जीवन बलिदान गर्नेछौँ र युक्रेनमा युद्ध रोकिनेछ । यत्ति हो ।’

नेटोआबद्ध मुलुकका विदेशमन्त्रीहरुको बैठकले युक्रेनलाई प्रदान सैनिक सहयोगबारे छलफल गर्ने बीबीसीले जनाएको छ । यता रुसले भने युक्रेनमा हतियार आपूर्ति गर्ने कदमले शान्तिवार्तामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ ।