राजनीति

प्रचारका लागि कांग्रेसले बनायो कलाकारहरूको उपसमिति, को–को छन् ? (सूचीसहित)

By खबरहब

April 07, 2022

काठमाडौँ– आसन्न स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसले ७१ जना कलाकारलाई समेटेर सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

डीबी गुरुङ संयोजक रहेको उपसमितिमा वसन्त सापकोटा, सरिता लामिछाने, राधिका हमाल, विमलराज क्षेत्री, रामजी खाँण, तपेन्द्र विश्वकर्मा लगायत छन् ।

‘वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा यी कलाकारले पार्टीको प्रचारप्रसार गर्ने छन् । हाम्रो उम्मेदवारलाई सघाउने छन् । हामी सांस्कृतिक माध्यमले पनि प्रचारप्रसारमा जुट्ने छौँ,’ कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल जोगिन्दरले बताए ।

उनले यतिबेला सांस्कृतिक संघको सक्रियतामा पार्टीको प्रचारका लागि गीतसंगीत तथा भिडियो तयार पार्ने काम भइरहेकोसमेत जानकारी दिए । ‘हामी अहिले हाम्रो सांस्कृतिक पक्षलाई बलियो बनाउन जुटेका छौँ’, उनले भने । नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिमा हरेक जिल्लाबाट प्रतिनिधित्व हुने गरी सदस्य मनोनीत गरिएको महामन्त्री रिजालले बताए ।