तस्वीर- डीएनए इण्डिया

अन्तर्राष्ट्रिय

विश्व बैंकद्वारा अफगानिस्तानमा चार परियोजना स्थगित

By खबरहब

April 07, 2022

काठमाडौं– विश्व बैंकले अफगानिस्तानमा सञ्चालित चार परियोजनाका काम स्थगित गरेको छ । ६० करोड डलर बराबरका चार परियोजनाहरु विश्व बैंकले स्थगित गरेको अफगानिस्तानको समाचार संस्था खामा प्रेसले जनाएको हो ।

अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फण्ड एआरटिएफ नामक कोषद्वारा सञ्चालित परियोजनाहरू कृषि, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा केन्द्रित रहेको बताइएको छ ।

विश्व बैंकले महिला शिक्षामा अफगानिस्तानको शासन चलाइरहेको तालिबान उदासिन देखिएको भन्दै ती परियोजनाहरू स्थगित गरिएको जनाइएको छ ।

समान अवसर र महिलाको समान सहभागिता नभइ ती परियोजनाहरु अघि बढ्न नसक्ने विश्व बैंकको भनाइ छ । बैंकले एआरटिएफका दाताहरुलाई अफगानिस्तानको वर्तमान अवस्थाबारे थप बुझ्न बाँकी रहेकाले केही समय पर्खन आग्रह गरेको छ ।