समाचार

कांग्रेसले बनायो ७१ कलाकारलाई लिएर उपसमिति

By खबरहब

April 07, 2022

काठमाडौँ- आसन्न स्थानीय निर्वाचनको लागि नेपाली कांग्रेसले ७१ जना कलाकारलाई समेटेर सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ । 

डीबी गुरुङ संयोजक रहेको उपसमितिमा वसन्त सापकोटा, सरिता लामिछाने, राधिका हमाल, विमलराज क्षेत्री, रामजी खाँण, तपेन्द्र विश्वकर्मा लगायत छन् । वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा यी कलाकारले पार्टीको प्रचारप्रसार गर्ने छन् । हाम्रो उम्मेदवारलाई सघाउनेछन् । हामी सांस्कृतिक माध्यमले पनि प्रचारप्रसारमा जुट्ने छौँ’ काँग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल जोगिन्दरले बताए ।

उनले यतिबेला सांस्कृतिक संघको सक्रियतामा पार्टीको प्रचारका लागि गीत संगीत तथा भिडियो तयार पार्ने काम भइरहेको समेत प्रस्ट्याए । ‘हामी अहिले हाम्रो सांस्कृतिक पक्षलाई बलियो बनाउन जुटेका छौँ’- उनले भने । नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिमा हरेक जिल्लाबाट प्रतिनिधित्व हुने गरि सदस्य मनोनीत गरिएको महामन्त्री रिजालले बताए । 

&

nbsp;