क्रिकेट

तालिकाको पुछारमा रहेको मुम्बईसँग शीर्ष स्थानको गुजरात पराजित

By खबरहब

May 07, 2022

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा गुजरात टाइटन्स पराजित भएको छ ।

अंक तालिकाको पुछारमा रहेको मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरातलाई ५ रनले पराजित गरेको हो ।

पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १७८ रनको लक्ष्य भेट्न नसक्दा गुजरात पराजित भएको हो । गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

अंक तालिकाको पुछारमा रहेको मुम्बईले जितसँगै १० खेलमा ४ अंक जोडेरको छ । गुजरातले ११ खेलमा १६ अंक जोडेको छ । पराजित भए पनि गुजरात शीर्ष स्थानमा कायमै छ ।