खेलकुद

नेपाललाई जिम्बाब्वे ‘ए’द्धारा ८८ रनको लक्ष्य

By खबरहब

May 07, 2022

काठमाडौँ – एकदिवसिय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाललाई जिम्बाब्वे ‘ए’ले ८८ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार जारी खेलमा जिम्बाब्वे ए ३१ ओभर ५ बलमा समेटिएको हो ।

जिम्बाब्वेलाई सस्तैमा समेट्न नेपालका करन केसी र सोमपाल कामीले ३–३, सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए ।

शुक्रबार भएको दोस्रो एक दिवसीय खेलमा नेपाल जिम्बाब्वे एसँग ३ विकेटले पराजित गरेको थियो ।

यसअघि भएको टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले एउटामा जित र अर्कोमा हार व्यहोरेको थियो । एक टी–ट्वान्टी खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।