फोटो फिचर

ग्ल्यामर भावना (फोटो फिचर)

By कुबेर डंगोल

May 07, 2022

फेसन सोबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी थिइन्, भावना गुरुङ । एक दर्जनभन्दा बढी फेसन सो आयोजना र कोरियाग्राफी गरेकी उनले दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

 गोर्खामा जन्मिएर चितवनमा हुर्केकी ५ फिट ६ इञ्च अग्ली भावना फेसन डिजाइनिङ र मेकअपमा पनि रुचि राख्छिन् । उनको डेब्यु फिल्म ‘स्वर्ग मेरो गाउँ’ हो । फिल्ममा उनको यात्रा सुखद बनेको छैन । तर, यात्रा भने सुरु भैसकेको छ ।

भावना जुन शैलीमा यो क्षेत्रमा उदाउनु पर्ने हो, त्यो अनुसार आक्रामक बन्न भने सकिनन् । लामो समयदेखि रङ्गिन दुनियाँमा रमाउँदै गरेकी यी मोडलले फोटोसुट भने प्रशस्तै गरेको पाइन्छ ।

नेपाली फिल्म तथा म्युजिक भिडियोको दुनियाँमा सयौँ युवती आउँछन् र हराउँछन् । भावना न त चर्चित बनेर अगाडि बढेकी छिन् न त हराएकी नै छन् ।