खेलकुद

आईपीएलमा आज पन्जाब र राजस्थान तथा लखनउ कोलकत्ता भिड्दै

By खबरहब

May 07, 2022

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा शनिबार २ खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित वेन्खेडे स्टेडियममा आज हुने पहिलो खेलमा पन्जाब किङ्ग्स र राजस्थान रोयल्स अपराह्न पौने ४ बजे भिड्दैछन् । पन्जाब छैँटौँ जितको खोजीमा छ भने राजस्थान सातौँ जित निकाल्न चाहन्छ । पन्जाब १० अंकसहित तालिकाको सातौँ स्थानमा हुँदा राजस्थान १२ अंकसहित तेस्रो स्थानमा छ ।

पुणेमा हुने अर्को खेलमा लखनउ सुपर जायन्ट्स र कोलकत्ता नाईट राईडर्सबीचको खेल राति पौने ८ बजे हुनेछ । लखनउ आठौँ जितको खोजीमा छ भने कोलकत्ता पाँचौँ जित निकाल्न चाहन्छ । लखनउ १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने कोलकत्ता ८ अंकसहित तालिकाको आठौँ स्थानमा रहेको छ ।