सांकेतिक तस्वीर

देश/प्रदेश

सप्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

By खबरहब

June 07, 2022

सप्तरी – सप्तरीको खडक नगरपालिका–५ रंजितपुरमा हिजो बेलुकी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का अन्दाजी ६७ बर्षीय राम नारायण चौधरी रहेका छन् ।

चौधरी सवार स१०प ४६११ नम्बरको स्कुटरलाई सोमबार बेलुकी साढे ७ बजे ना६ख ६३९९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बेलुकी सवा ८ बजे मृत्यु भएको हो ।

दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।