राजनीति

पार्टीकै केही नेताहरूले आफूलाई बदनाम गर्न खोजेको मन्त्री आलेको आरोप 

By खबरहब

June 07, 2022

काठमाडौँ–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केही नेताहरूले आफूलाई बदनाम गर्न खोजेको बताएका छन् । मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजा सहित शिलान्यास कार्यक्रममा मन्त्री आलेले आफ्नै पार्टीका केही नेताहरूले  आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताए । 

आफूलाई पदको कुनै लोभ लालच नभएको पनि उनले स्पष्ट पारेका छन् । फुहरर ६ महिनाका लागि मन्त्री बनेको तर २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बस्न पाएको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने उनले बताएका छन् । उनले बतास समूहविरुद्ध मुद्दा अघि बढाउनका लागि वडा तहबाट सहयोग नभएको जिकिर गरेका छन् ।

मन्त्री ओलीले पशुपति क्षेत्रको विकासका लागि त्यहाँ भएका अतिक्रमण हटाएर सुधारका काम गर्ने प्रतिवद्धता जनाएका छन्।